Endorsements
शुभेच्छुकको सन्देश

पुकार दाइ सधैँ न्यायको लागि लड्ने र आवश्यक नीति निर्माणको लागि ठूलो आवाज उठाउँदै आउनु भएको व्यक्ति हो। उहाँले महिला हक-अधिकारको कुरामा १० वर्ष अघिको Occupy Baluwatar को अभियानकाे नेतृत्व गर्ने देखि पछिल्ला समयमा मजस्तै किशोरी, महिलामाथि भएको Acid Attack विरुद्ध आवाज उठाउनु भएको छ, सहयोग गर्नु भएको छ।

कोरोना कहरको बेलामा उहाँको “हाम्रो सानो प्रयास नेपाल” अभियान सँग जोडिएर मैले राहत उद्धार कार्यक्रममा सँगै काम गर्ने मौका पनि पाएको थिएँ।

पुकार दाइबाट मैले सहयोग, साथ र माया पाएको छु। पुकार दाइको धेरै काम बाहिर नदेखिने हुन्छन। उहाँ हल्ला गर्न भन्दा काम गर्न बढी रुचाउने मान्छे हो। हामी दिदीबहिनीको लागि बोल्दै आउने, सधैँ पाइने आधार हो। मलाई उहाँ माथि धेरै नै विश्वास छ। उहाँ जस्तो व्यक्ति सरकारको नीति निर्माण गर्ने ठाउँमा गएर अझ बुलन्द आवाज उठाउनु पर्छ। त्यसैले मेरो साथ र समर्थन पुकार दाईलाई!

मुस्कान खातुन
तेजाब आक्रमण पीडित तथा विजेता – International Women of Courage Award 2021

पुकार जीमा जुन शालीनता र धैर्यता छ त्यो पनि अहिलेको नेतृत्वको चरम आवश्यकता हो। अनुभव र विचार त छँदै छ। एकजना होइन हामीलाई संख्यामा पुकार चाहिएको छ जुन परिवर्तनको चित्कार बनोस्।

राजनीतिक मैदानमा पहिलेदेखि होमिएका तर कतै पनि डग्मगाएको देखेको छैनउहाँ यो ठाउँमा जानुपर्छ र पुर्याउने हामीले नै हो। एउटा व्यक्ति छान्दाव्यक्ति त ठीक हुनैपर्छ आचरणमा। मलाई पुकारमाथि विश्वास छ।

शुभकामना अनि साथ पनि।

सुरक्षा पन्त
अभिनेत्री

स्वतन्त्र या कुनै पार्टीबाट उम्मेद्वारी दिएपनि पुकार बम माथि मलाई विश्वास छ। सदनमा ताली मात्र बजाउन जाने उनी हाेइनन्। बालेन जस्ता काम गर्ने व्यक्तिलाई सदनबाट समर्थन गर्न र जनताको आम जीवन सँग सरोकार राख्ने बिषयलाई सदनबाट नीति बनाई हामी जनताका सेवक हौँ भन्ने कुरा बारम्बार सम्झाउन यस्ता व्यक्ति संसदभित्र हुन जरुरी छ। हामीलाई जति धेरै बालेन चाहिन्छ त्यति नै धेरै पुकार पनि चाहिन्छ।

Best Wishes Brother!

निश्चल बस्नेत
अभिनेता