Pukar Bam

प्रतिनिधि सभा सदस्य उम्मेदवार, काठमाण्डौँ क्षेत्र नं.

नमस्कार, म पुकार बम।

मैले मेरो किशोरावस्थादेखि पछिल्लो २० वर्ष सामाजिक र राजनीतिक अभियानमार्फत सङ्घर्ष गरिरहेँ। अध्ययनका हिसाबले म Ph.D. in Social Work and Development गर्दै छु। मैले Sociology / Anthropology र Political Science दुई विषयमा स्नातकोत्तर गरेको छु। पेशाले म Lecturer र BSW को विभाग प्रमुख हुँ

विगत दुई दशकका राजनीतिक उथलपुथललाई नजिकबाट नियाल्दै गर्दा, आफ्नै अगाडि बारम्बार राजनीतिक परिवर्तन भएको देखियो, तर नागरिकको अवस्था परिवर्तन भएको महसुस गर्न सकिएन। लोकतन्त्रको नाउँमा नेताहरूले लुटतन्त्र मचाइ नै रहे।

अब अति भयो। #EnoughIsEnough!

Featured

News & Updates

Kathmandu-4: Traditional legacies vs The urge for alternatives

Kathmandu-4: Traditional legacies vs The urge for alternatives

The upcoming House of Representatives election on March 5 in Kathmandu Constituency Number 4 is more than a contest for a single seat, it is a litmus test between long-entrenched political forces and an emerging wave of change. With high-profile incumbent Gagan Thapa…..

Pukar Bam in Nagarik Frontline

Pukar Bam in Nagarik Frontline

बालेनको नेतृत्वमा रास्वपाको एकल सरकार बन्छ: पुकार बम | Pukar Bam | Raswapa | Naharik Frontline |

SIDHAKURA WITH PUKAR BAM

SIDHAKURA WITH PUKAR BAM

रवि, कुलमान र बालेन मिल्न नदिने शक्त्ति को हाे ? | WHY RABI KULMAN BALEN CAN’T UNITE ?| PUKAR BAM

Endorsements

पुकार जीमा जुन शालीनता र धैर्यता छ त्यो पनि अहिलेको नेतृत्वको चरम आवश्यकता हो। अनुभव र विचार त छँदै छ। एकजना होइन हामीलाई संख्यामा पुकार चाहिएको छ जुन परिवर्तनको चित्कार बनोस्।

राजनीतिक मैदानमा पहिलेदेखि होमिएका तर कतै पनि डग्मगाएको देखेको छैन, उहाँ यो ठाउँमा जानुपर्छ र पुर्याउने हामीले नै हो। एउटा व्यक्ति छान्दा, व्यक्ति त ठीक हुनैपर्छ आचरणमा। मलाई पुकारमाथि विश्वास छ।

शुभकामना अनि साथ पनि।

सुरक्षा पन्त
अभिनेत्री

पुकार दाइ सधैँ न्यायको लागि लड्ने र आवश्यक नीति निर्माणको लागि ठूलो आवाज उठाउँदै आउनु भएको व्यक्ति हो। उहाँले महिला हक-अधिकारको कुरामा १० वर्ष अघिको Occupy Baluwatar को अभियानकाे नेतृत्व गर्ने देखि पछिल्ला समयमा मजस्तै किशोरी, महिलामाथि भएको Acid Attack विरुद्ध आवाज उठाउनु भएको छ, सहयोग गर्नु भएको छ।

कोरोना कहरको बेलामा उहाँको “हाम्रो सानो प्रयास नेपाल” अभियान सँग जोडिएर मैले राहत उद्धार कार्यक्रममा सँगै काम गर्ने मौका पनि पाएको थिएँ।

पुकार दाइबाट मैले सहयोग, साथ र माया पाएको छु। पुकार दाइको धेरै काम बाहिर नदेखिने हुन्छन। उहाँ हल्ला गर्न भन्दा काम गर्न बढी रुचाउने मान्छे हो। हामी दिदीबहिनीको लागि बोल्दै आउने, सधैँ पाइने आधार हो। मलाई उहाँ माथि धेरै नै विश्वास छ। उहाँ जस्तो व्यक्ति सरकारको नीति निर्माण गर्ने ठाउँमा गएर अझ बुलन्द आवाज उठाउनु पर्छ। त्यसैले मेरो साथ र समर्थन पुकार दाईलाई!

मुस्कान खातुन
तेजाब आक्रमण पीडित तथा विजेता – International Women of Courage Award 2021

स्वतन्त्र या कुनै पार्टीबाट उम्मेदवारी दिएपनि पुकार बम माथि मलाई विश्वास छ। सदनमा ताली मात्र बजाउन जाने उनी हाेइनन्। बालेन जस्ता काम गर्ने व्यक्तिलाई सदनबाट समर्थन गर्न र जनताको आम जीवन सँग सरोकार राख्ने बिषयलाई सदनबाट नीति बनाई हामी जनताका सेवक हौँ भन्ने कुरा बारम्बार सम्झाउन यस्ता व्यक्ति संसदभित्र हुन जरुरी छ। हामीलाई जति धेरै बालेन चाहिन्छ त्यति नै धेरै पुकार पनि चाहिन्छ।
Best Wishes Brother!

निश्चल बस्नेत
अभिनेता

प्रतिनिधि सभा सदस्य निर्वाचन

२०८२ को लागि

Day(s)

:

Hour(s)

:

Minute(s)

:

Second(s)

बाँकी